हितोपदेश 22:1-8 - Compare All Versions

हितोपदेश 22:1-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धेरै धन-सम्‍पत्तिभन्‍दा असल नाउँ रोज्‍नु वाञ्‍छनीय हुन्‍छ, सम्‍मानित हुनु चाँदी वा सुनभन्‍दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्‍छ। बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यसैतिर जान्‍छ र दु:ख भोग्‍छ। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ। दुष्‍टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्‍छन्, तर जसले आफ्‍नो प्राणको रक्षा गर्छ, त्‍यो त्‍यस्‍ता कुराहरूदेखि टाढ़ै रहन्‍छ। बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन। धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ। दुष्‍टता रोप्‍नेले सङ्कष्‍टको कटनी गर्छ, र त्‍यसको झोँकको लट्ठी नष्‍ट हुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 22 NNRV

हितोपदेश 22:1-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धेरै धन-सम्‍पत्ति र सुनाममध्‍ये एक चुन्‍नुपरे सुनामचाहिँ चुन। इज्‍जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो। धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो। समझदार मानिसहरू कष्‍ट आउँदैगरेको देखेर जोगिन्‍छन् तर सोच नगर्ने मानिस त्‍यसमा सोझै जाकिन्‍छ र त्‍यसले पछि पछुताउ गर्छ। परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्‍जत र लामो आयु पाउनेछौ। आफ्‍नो प्राणको माया छ भने दुष्‍टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड। बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्‍यही बाटोमा हिँड्‍नेछन्। गरीबहरू धनीको दास बन्‍दछन्, ऋण लिने ऋण दिनेको दास बन्‍दछ। अन्‍यायको बिउ छर्नेले विनाश बटुल्‍छ र अरूहरूमाथि त्‍यसले गरेको अत्‍याचार बन्‍द हुँदछ।

शेयर गर्नुहोस्
हितोपदेश 22 सरल नेपाली

हितोपदेश 22:1-8 NERV (पवित्र बाइबल)

धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो। सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो। एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्। नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ। दुष्ट मानिस नाना थरीका फन्दामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ। नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ। धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्। अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 22 NERV

हितोपदेश 22:1-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो। धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ। धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्। दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ। बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन। धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 22 NCV