धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ। दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
हितोपदेश 22 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 22:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू