आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ। अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ। अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्। दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ। दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला! झूटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ। कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ। युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ।
हितोपदेश 21 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 21:23-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू