हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने, यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्, र गाड़धनझैँ त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ। तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्। किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्, तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्टको बदमाशीमा रमाउँछन्, जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्नै चालहरू कुटिल छन्।
हितोपदेश 2 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 2:1-15
५ दिन
एक आशिषित् र प्रचुर प्रतिफलको प्राप्ति सही लगानीबाट सुरु हुन्छ। यदि तपाईँ नयाँ ख्रीष्टियान हुनुहुन्छ भने तपाईँले आफ्नो विश्वासमा परमेश्वरको वचनको नियमित अध्ययनभन्दा ठूलो लगानी गर्न सक्नुहुने छैन। तपाईँलाई हरेक दिन यसलाई पढ्न, बुझ्न र प्रभावकारी रूपमा लागू गर्न मद्दतका लागि यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू