हितोपदेश 17:17-22

हितोपदेश 17:17-22 NNRV

एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ। समझ नभएको मानिस वाचाबन्‍धन गर्छ, र आफ्‍नो छिमेकीको जमानी बस्‍छ। कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ। कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्‍यो सङ्कष्‍टमा जाकिन्‍छ। छोरा मूर्ख भइदिनाले अफसोस ल्‍याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन। प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।