हितोपदेश 15:25-33

हितोपदेश 15:25-33 NNRV

परमप्रभुले अहङ्कारी मानिसको घर भत्‍काइदिनुहुन्‍छ, तर विधवाको साँधसिमाना उहाँले अखण्‍ड राख्‍नुहुन्‍छ। परमप्रभुले दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्‍छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ। लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ। धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ। परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ। हँसिलो चेहराले हृदयलाई हर्षित तुल्‍याउँछ, र शुभ-समाचारले हड्डीलाई स्‍वस्‍थ पार्छ। जसले जीवन दिने हप्‍की सुन्‍छ, त्‍यसले बुद्धिमान्‌हरूका माझमा सङ्गत पाउँछ। अनुशासनलाई बेवास्‍ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्‍यान दिनेले समझशक्ति प्राप्‍त गर्छ। परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।