आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्। आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ। के खराब योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्। सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ। बुद्धिमान्को सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ। साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्छ। जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ, र त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ। परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ। प्रजाको ठूलो सङ्ख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजाविनाको शासक नष्ट हुन्छ। धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ। शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ। गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ। आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ। विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ। धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो। राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ।
हितोपदेश 14 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:20-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू