हितोपदेश 13:8-11

हितोपदेश 13:8-11 NNRV

सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन। धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ। घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ। बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।