फिलिप्पी 4:10-13

फिलिप्पी 4:10-13 NNRV

म प्रभुमा साह्रै आनन्‍दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्‍ता फेरि पलाएको छ। तिमीहरू साँच्‍चै मेरो निम्‍ति चिन्‍तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।