फिलिप्पी 3:5-7

फिलिप्पी 3:5-7 NNRV

आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्‍यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्‍यवस्‍थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्‍डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्‍यवस्‍थामा भएको धार्मिकताबमोजिम निष्‍खोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें।