फिलिप्पी 3:13-15

फिलिप्पी 3:13-15 NNRV

भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु। हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ।