फिलिप्पी 1:19-20

फिलिप्पी 1:19-20 NNRV

हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ। मेरो उत्‍कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित्‌ लज्‍जित हुनेछैनँ, तर ममा प्रशस्‍त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्‍ट सम्‍मानित हुनुहुनेछ, चाहे मृत्‍युद्वारा होस्, अथवा जीवनद्वारा।