गन्ती 33:50-53

गन्ती 33:50-53 NNRV

तब यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्‍छौ, तब तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरू सबैलाई त्‍यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्‍काइदिनू। त्‍यो देश कब्‍जा गरेर तिमीहरू त्‍यहीँ बसोबास गर्नू, किनभने त्‍यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु।