गन्ती 32:1-5

गन्ती 32:1-5 NNRV

रूबेन र गादका सन्‍तानका बथानका बथान गाईबस्‍तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन्‌ भनी देखे। यसैले गाद र रूबेनका सन्‍तान मोशा, एलाजार पूजाहारी र समुदायका नायकहरूकहाँ आएर यसो भने, “अतारोत, दीबोन, याजेर, निम्रा, हेश्‍बोन, एलाले, सबाम, नेबो र बओन— जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्‍ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्‌। हामीसँग गाईबस्‍तु पनि छन्‌। यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्‌। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्‌।”