इस्राएलीहरूलाई आशिष् दिने परमप्रभुको इच्छा छ भन्ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्नो मुख उजाड़-स्थानतिर फर्काए। जब बालामले आफ्ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्वरका आत्मा तिनीमाथि आउनुभयो। अनि तिनले आफ्नो ईश्वरवाणी दिए: “बओरको छोरो बालामले भन्छ, जुन मानिसको आँखा खुला छ, त्यसको वाणी। परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्। “हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा वासस्थानहरू कति राम्रा! “ती उपत्यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्नुभएका एलवाहरूजस्ता, पानीनेरका देवदारुहरूजस्ता फैलिएका छन्। तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन्, अनि तिनीहरूको राज्य समृद्ध बनाइनेछ। “परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्तै छ। तिनीहरूले आफ्ना विरोधी जातिहरूलाई निल्नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्। तिनीहरू सिंहझैँ लेटिरहन्छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष् दिने हरेक आशिषित होस्। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्।”
गन्ती 24 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 24:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू