गन्ती 21:34-35

गन्ती 21:34-35 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यससँग नडरा, किनकि त्‍यो, त्‍यसका सबै मानिसहरू र त्‍यसको देशसमेत मैले तेरो हातमा सुम्‍पेको छु। तैंले हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।” यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्‍जा गरे।