गन्ती 20:22-29

गन्ती 20:22-29 NNRV

सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे। परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्‍नुभयो, “हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन। हारून र त्‍यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा। हारूनका पोशाक फुकालेर त्‍यसको छोरा एलाजारलाई लगाइदे। त्‍यसपछि हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ, र त्‍यहीँ मर्नेछ।” परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्‍ले। मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले। जब समुदायलाई हारूनको मृत्‍यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्‍म शोक मनाए।