मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ। हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्यवहार गरे। जब हामीले परमप्रभुमा पुकारा गर्यौं, तब उहाँले हाम्रो बिन्ती सुन्नुभयो, र एउटा स्वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो। “अहिले तपाईंका देशको सिमानानेरको कादेश सहरमा हामी छौं। बिन्ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्म हामी दाहिने-देब्रे लाग्नेछैनौं।” तर एदोमले तिनीहरूलाई भने, “यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्रता तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौं।” इस्राएलीहरूले उत्तर दिए, “हामी मूलबाटै भएर जानेछौं। हामी र हाम्रा गाईबस्तुले तपाईंको पानी पियौं भने त्यसको मोल हामी तिर्नेछौं। केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्।” फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए। यसरी इस्राएलीहरूलाई आफ्नो सिमाना छिचलेर जान दिन एदोमले इन्कार गरे। यसकारण इस्राएलीहरू त्यहाँबाट फर्के।
गन्ती 20 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 20:14-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू