गन्ती 20:11-13

गन्ती 20:11-13 NNRV

अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए। तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।” यसैलाई मेरीबाका पानी भनिन्‍छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो।