अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।” तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे। तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो।
गन्ती 16 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 16:46-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू