गन्ती 14:6-9

गन्ती 14:6-9 NNRV

देशको भेद लिन गएकाहरूमध्‍येका नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आ-आफ्‍ना लुगा च्‍याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुभयो भने, उहाँले हामीलाई त्‍यस देशमा ल्‍याउनुहुनेछ, र त्‍यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्‍यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्‌। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्‍छ। उनीहरूसित नडराओ।”