गन्ती 14:6-10

गन्ती 14:6-10 NNRV

देशको भेद लिन गएकाहरूमध्‍येका नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आ-आफ्‍ना लुगा च्‍याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुभयो भने, उहाँले हामीलाई त्‍यस देशमा ल्‍याउनुहुनेछ, र त्‍यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्‍यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्‌। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्‍छ। उनीहरूसित नडराओ।” तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍नुपर्छ भनी मतो गरे। त्‍यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।