गन्ती 14:22-24

गन्ती 14:22-24 NNRV

मिश्र र उजाड़-स्‍थानमा मेरा महिमा र आश्‍चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्‍ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्‍नेछैन। मलाई तिरस्‍कार गर्नेले त्‍यो कहिल्‍यै देख्‍नेछैन। तर मेरो दास कालेबमा अर्कै आत्‍मा छ, र त्‍यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्‍यो पसेर आएको देशमा म त्‍यसलाई लैजानेछु र त्‍यसका सन्‍तानले त्‍यो अधिकार गर्नेछन्‌।