त्यस रात सारा समुदाय कराई-कराई रोए। सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो। किन परमेश्वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्याउनुहुँदैछ? हाम्रा जहान र बालबच्चा लूट स्वरूप पक्रिनेछन्। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?” अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।” तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्ने घोप्टो परे।
गन्ती 14 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू