गन्ती 13:26-29

गन्ती 13:26-29 NNRV

तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्‍पूर्ण वृत्तान्‍त बताइदिए, र तिनीहरूलाई त्‍यस देशका फलफूल देखाए। तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्‍यौं। साँच्‍ची नै त्‍यहाँ दूध र मह बग्‍दारहेछन्, अनि त्‍यसको फलफूल यही हो। तर त्‍यहाँ बस्‍ने मानिसहरू बलिया रहेछन्‌ र सहरहरू पर्खालले घेरिएका र ज्‍यादै ठूला-ठूला रहेछन्‌। त्‍यसबाहेक हामीले त्‍यहाँ अनाकका सन्‍तानहरू पनि देख्‍यौं। नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्‍दारहेछन्‌।”