नहेम्‍याह 9:6-7

नहेम्‍याह 9:6-7 NNRV

तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ। तपाईंले नै स्‍वर्ग, सर्वोच्‍च आकाश, र त्‍यसका सबै तारामण्‍डल, पृथ्‍वी र त्‍यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्‍छ, र स्‍वर्गका सारा समुदायले तपाईंलाई पुज्‍दछन्‌। “तपाईं ती नै परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, जसले अब्रामलाई कल्‍दीहरूको ऊरबाट चुनेर निकालिल्‍याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्‍नुभयो।