नहेम्‍याह 9:32-37

नहेम्‍याह 9:32-37 NNRV

“यसकारण हे हाम्रा परमेश्‍वर, तपाईं महान्, पराक्रमी र भययोग्‍य परमेश्‍वर, जसले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्‍ट— अश्‍शूरका राजाहरूको समयदेखि आजको दिनसम्‍म पाएका कष्‍टलाई हलुका नसम्‍झनुहोस्‌। हामीमाथि सबै जे-जति परिआएका छन्, तिनमा तपाईंले न्‍यायसित काम गर्नुभएको छ। तपाईंले विश्‍वाससित काम गर्नुभएको छ, तर हामीले चाहिँ भूल गर्‍यौं। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्‍यवस्‍था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्‍ता गरेनन्‌। तिनीहरू आफ्‍नो राज्‍यमा हुँदा, तपाईंले तिनीहरूलाई दिनुभएको विस्‍तृत र मलिलो देशमा तपाईंको महान्‌ उदारता तिनीहरूले उपभोग गर्दागर्दै पनि, तिनीहरूले तपाईंको सेवा गरेनन्‌ र आफ्‍ना दुष्‍ट चाल त्‍यागेनन्‌। “हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्‍यसका फलहरू खान र त्‍यसका असल उब्‍जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं। हाम्रा पापहरूले गर्दा त्‍यसका प्रशस्‍त उब्‍जनीहरू हामीमाथि प्रभुत्‍व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्‍छन्‌। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्‌। हामी ठूलो सङ्कष्‍टमा परेका छौं।