नहेम्‍याह 9:14-15

नहेम्‍याह 9:14-15 NNRV

आफ्‍ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्‍नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो। तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्‍वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो। तिनीहरूलाई दिन्‍छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्‍न भनी तपाईंले हुकुम गर्नुभयो।