नहेम्‍याह 8:9-12

नहेम्‍याह 8:9-12 NNRV

तब राज्‍यपाल नहेम्‍याह, पूजाहारीशास्‍त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्‍यवस्‍थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्‍सव मनाउन गए, किनभने तिनीहरूलाई सम्‍झाएको कुरा अब तिनीहरूले बुझे।