तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।”
नहेम्याह 8 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 8:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू