एज्राले पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सके, किनकि तिनीहरूभन्दा तिनी उच्चमा खड़ा भएका थिए। जसै तिनले पुस्तक खोले, सबै मानिसहरू खड़ा भए। एज्राले परमप्रभु महान् परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत् गरे। लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए। तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए।
नहेम्याह 8 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 8:5-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू