तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।” लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।” तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्सव मनाउन गए, किनभने तिनीहरूलाई सम्झाएको कुरा अब तिनीहरूले बुझे।
नहेम्याह 8 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 8:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू