नहेम्‍याह 6:1-4

नहेम्‍याह 6:1-4 NNRV

मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्‍यसमा एउटै पनि प्‍वाल नरहेको खबर सन्‍बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्‍यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्‍याइसकेको थिइनँ। सन्‍बलत र गेशेमले मलाई ओनोका बेँसीको एउटा गाउँमा आएर उनीहरूसित बातचीत गर्नलाई खबर पठाए। तर मलाई हानि गर्न यो उनीहरूको षड्‌यन्‍त्र मात्र थियो। यसैकारण मैले यस्‍तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्‍यहाँ आउन सक्‍दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” उनीहरूले मलाई चार पल्‍ट यस्‍तै खबर पठाए, र प्रत्येक पल्‍ट मैले उनीहरूलाई त्‍यस्‍तै जवाफ दिएँ।