नहेम्‍याह 5:14-19

नहेम्‍याह 5:14-19 NNRV

त्‍यसबाहेक यहूदा देशका राज्‍यपाल म नियुक्त भएको समयदेखि, अर्थात्‌ अर्तासास्‍त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्‍म, जम्‍मा बाह्र वर्षसम्‍म मैले र मेरा भाइहरूले राज्‍यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं। तर मभन्‍दा अघिका राज्‍यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्‍का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्‍याचार गरेका थिए। तर परमेश्‍वरको भय राखेर मैले त्‍यस्‍तो व्‍यवहार गरिनँ। त्‍यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्‍ति त्‍यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्‍गाजमिन लिएनौं। यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए। प्रतिदिन खानलाई मेरो निम्‍ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्‍थ्‍यो। दश-दश दिनपछि विभिन्‍न प्रकारका दाखमद्य प्रशस्‍त मात्रामा जुटाइन्‍थ्‍यो। यति भए तापनि मैले राज्‍यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो। हे मेरा परमेश्‍वर, मैले गरेका सबै कामको निम्‍ति मेरो हितमा सम्‍झना गर्नुहोस्‌।