नहेम्‍याह 5:14-15

नहेम्‍याह 5:14-15 NNRV

त्‍यसबाहेक यहूदा देशका राज्‍यपाल म नियुक्त भएको समयदेखि, अर्थात्‌ अर्तासास्‍त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्‍म, जम्‍मा बाह्र वर्षसम्‍म मैले र मेरा भाइहरूले राज्‍यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं। तर मभन्‍दा अघिका राज्‍यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्‍का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्‍याचार गरेका थिए। तर परमेश्‍वरको भय राखेर मैले त्‍यस्‍तो व्‍यवहार गरिनँ।