नहेम्‍याह 4:11-15

नहेम्‍याह 4:11-15 NNRV

हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्‍न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।” तब उनीहरूका बीचमा बस्‍ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्‍ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्‌।” त्‍यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्‍दा तल्‍ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्‍ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍ने आदेश दिएँ। तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान्‌ र भययोग्‍य परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।” हामीलाई सबै कुरा थाहा भएछ, र परमेश्‍वरले उनीहरूको योजना विफल पार्नुभएछ भनी हाम्रा शत्रुहरूले सुने। तब हामी सबै फेरि पर्खालका निर्माणको काममा लाग्‍यौं।