नहेम्‍याह 3:6-12

नहेम्‍याह 3:6-12 NNRV

येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्‍लामले मरम्‍मत गरे। तिनीहरूले त्‍यसका सत्तरीहरू बसालेर छेस्‍किनी र आग्‍लाहरू लगाएर ढोकाहरू खड़ा गरे। तिनीहरूका छेउमा गिबोनी मलत्‍याह र मेरोनोती यादान, गिबोन र मिस्‍पाका मानिसहरूले मरम्‍मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालको अधिकारमुनि थिए। सुनार हरयाहका छोरा उज्‍जीएलले अर्को भाग मरम्‍मत गरे। त्‍यसका छेउको भाग अत्तर बनाउने हनन्‍याहले मरम्‍मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्‍मै यरूशलेमको पुनर्निर्माण गरे। यरूशलेमको आधा जिल्‍लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्‍मत गरे। त्‍यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्‍नो घरको सामुन्‍नेको अर्को भाग मरम्‍मत गरे। हशबन्‍याहको छोरा हत्तूशले अर्को भाग मरम्‍मत गरे। अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्‍कियाह र पहत-मोआबका छोरा हश्‍शूबले मरम्‍मत गरे। यरूशलेमको आधा जिल्‍लाका शासक हल्‍लोहेशका छोरा शल्‍लूमले आफ्‍ना छोरीहरूको सहायताले अर्को भाग मरम्‍मत गरे।