त्यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्दछौ। यरूशलेम उजाड़ भएको छ। त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन्। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऔं।” परमेश्वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्साहपूर्वक यो असल काम सुरु गरे। तर होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?” तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।”
नहेम्याह 2 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 2:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू