नहेम्‍याह 2:12-13

नहेम्‍याह 2:12-13 NNRV

आफूसँग केही मानिसहरू लिएर राती निस्‍कें। तर यरूशलेमको निम्‍ति मेरो मनमा मेरा परमेश्‍वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन। म राती बेँसी ढोकाबाट बाहिर निस्‍कें, र यरूशलेमका पर्खालहरू भत्‍केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्‍यालको पोखरीतिर गएँ।