म साह्रै अप्रसन्न भएँ। मैले त्यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिएँ। ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्नबलि र धूपहरूसमेत तिनमा फेरि राख्न मैले आदेश दिएँ। लेवीहरूले आफ्ना भागहरू पाएका रहेनछन् भन्ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्दिरका सेवाको जिम्मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्ना गाउँहरूमा फर्केछन् भन्ने पनि मैले सुनें। यसैकारण मैले अधिकारीहरूलाई हप्काएर प्रश्न गरें, “परमेश्वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्थानमा नियुक्त गरें।
नहेम्याह 13 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 13:8-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू