मर्कूस 9:5-8

मर्कूस 9:5-8 NNRV

पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्‍थान बनाऔं, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” तिनीहरू ज्‍यादै डराएको कारणले के भन्‍ने हो सो तिनले जानेनन्‌। अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्‍यो, र बादलबाट एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।” अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्‍ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्‌।