मर्कूस 9:47-50

मर्कूस 9:47-50 NNRV

यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्‍दा त एक आँखा भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु तिम्रो निम्‍ति असल हो। नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्‍दछ। किनकि प्रत्‍येकलाई आगोले नै नुनिलो पार्छ। “नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”