मर्कूस 9:38-40

मर्कूस 9:38-40 NNRV

यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, एक जना मान्‍छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं। हामीले त्‍यसलाई त्‍यसो गर्न मनाही गर्‍यौं, किनकि त्‍यो हामीलाई पछ्याउने मान्‍छे होइन।” तर येशूले भन्‍नुभयो, “त्‍यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्‍तै मेरो विरुद्धमा खराब बोल्‍नेछैन। किनकि जो हाम्रो विरुद्धमा छैन, त्‍यो हाम्रो पक्षमा छ।