मर्कूस 9:36-37

मर्कूस 9:36-37 NNRV

अनि एक जना सानो बालकलाई लिएर उहाँले त्‍यसलाई तिनीहरूका बीचमा राख्‍नुभयो, र त्‍यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस्‍ता साना बालकहरूमध्‍ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्‍यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्‍यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”