उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?” तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्दा महान् को हो?” भनी आपसमा बहस गरेका थिए। तब उहाँ बस्नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ।” अनि एक जना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:33-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू