तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, “ए गूँगो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।” अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो, र त्यो केटो मुर्दासरि भयो, यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने। तर येशूले त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनुभयो, र त्यो उठ्यो।
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:25-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू