त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई उहाँको साथ लिई एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो, अनि तिनीहरूका सामुन्ने उहाँको रूप बद्लियो। अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए। पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।” अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्।
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू