उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्नुभयो। जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?” भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु। जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भूइँमा पछार्छ, र त्यसले मुखबाट फीँज काढ्छ, र त्यसले दाह्रा किट्न लाग्छ, र त्यो अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई त्यो भूतात्मा निकालिदेऊन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू