“मानिसको पुत्रले धेरै दुःख भोग्नु, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्नु आवश्यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्नुभयो। यसरी उहाँले यो कुरा प्रष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन, तर मानिसपट्टि छ।” तब उहाँले आफ्ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
मर्कूस 8 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 8:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू