मर्कूस 8:22-25
मर्कूस 8:22-25 NNRV
त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, “के तिमी केही देख्छौ?” अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।” तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो।

